२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यद्यपि, साप्ताहिक रूपमा हेर्दा सुनको भाउ बढ्दो क्रममा नै रहेको छ। गत सोमबारको तुलनामा यस सातामा सुनको मूल्य कुल ५ हजार ३ सय रुपैयाँले बढेको छ, जहाँ त्यस दिन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले घटेर चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदी ४ हजार ९७५ रुपैयाँमा थियो भने गत सोमबार यसको मूल्य ४ हजार ७८० रुपैयाँ रहेको थियो।

Untitled
Untitled
Untitled