२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आसिफको कीर्तिमानी दोहोरो शतकमा एपिएफले मधेशविरुद्ध बनायो ३ सय ९० रन

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा एपिएफले कीर्तिमानी स्कोर तयार गरेको छ।

ओपनर आसिफ शेखले दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाएको खेलमा विभागीय टोली एपिएफले क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताकै उच्च स्कोर बनायो।

पर्साको विरगञ्जमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९० रनको विशाल योगफल तयार गर्यो।

एपिएफका लागि ओपनर आसिफ शेखले २ सय ८ रनको दोहोरो शतकीय इनिङ खेल्दै रिटायर्ड हर्ट भएका थिए।

उनले १४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार गरे। आसिफले पिएम कपको इतिहासमा पहिलो पटक २०० रनको व्यक्तिगत रन बनाए।

उनले पिएम कपको इतिहासमा एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान समेत बनाएका छन्।

उनले २०१७ को पिएम कपमा पश्चिमाञ्चल विकास क्षेत्रका लागि खेल्दै नेपाल एपिएफ क्लबविरुद्धको खेलमा ११ छक्का प्रहार गरेका थिए।

आसिफ बाहेक कप्तान रोहित पौडेलले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा सन्दीप जोराले ५६ रन बनाएका थिए। त्यस्तै लोकेश बम २१ रनमा अविजित रहे।

Untitled
Untitled
Untitled