२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टी-२० विश्वकप : जिम्बाब्वेमाथि फराकिलो जितसँगै भारतका लागि वेस्टइन्डिजसँगको खेल निर्णायक

Untitled
Untitled
Untitled

एजेन्सी, आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनल सम्भावना कायम राखेको छ।

बिहीबार भएको खेलमा भारतले जिम्बाब्वेलाइ ७२ रनले हराउँदै सुपर-८ मा पहिलो जीत निकाल्यो।

समूह १ मा अब भारत र वेस्टइन्डिजबीचको अन्तिम खेलले सेमिफाइनल पुग्ने टिमको तय हुनेछ।

भारतले जिम्बाब्वेलाई हराएसँगै समूहबाट दक्षिण अफ्रिका अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ।

अब अन्तिम खेलमा जिम्बाब्वे र दक्षिण अफ्रिका तथा भारत र वेस्टइन्डिज भिड्ने छन्। जहाँ जीत निकाल्ने टिम सेमिफाइनल पुग्ने छ।

यदि यो खेल वर्षाका कारण हुन नसकेको खण्डमा भने वेस्टइन्डिजले नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाउने छ।

चेन्नइमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ सय ५६ रनको उच्च स्कोर बनाएको थियो।

उसका लागि अभिषेक शर्माले ५५ रनको अर्धशतकीइ इनिङ खेल्दा हार्दीक पाण्डेले २३ बलमै ५० रनको अर्धशतकीय विष्फोक इनिङ खेले।

त्यस्ते तिक बर्माले पनि १६ बलमा ४४ रन बनाएर अर्को विष्फोटक इनिङ खेले। यि दुई बाहेक कप्तान सुर्यकुमार यादवले ३३ रन बनाउँदा इशान किशनले ३८ रन बनाए।

त्यस्तै ओपनर सन्जु स्यामसनले २४ रन बनाउँदा अर्का ओपनर अभिषेक शर्मा ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए।

जवाफमा २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १ सय ८४ रनमा समेटियो। उसका लागि ब्रायन बेनिटले ९७ रनको अविजित इनिङ खेल्दा सिकन्दर रजाले ३१ रन बनाए।

अन्यको प्रदर्शन भने गतिलो रहेन्। भारतका लागि अर्सदीप सिंहले ३ विकेट लिएका थिए।

Untitled
Untitled
Untitled