२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-गमा आंशिक बादल लागेको छ।

आज दिउसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled