२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ।

खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

समूह चरणका पहिलो दुई खेल हारिसकेको नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले प्रतियोगितामा टिकिरहन आज जित्नैपर्ने दबाबमा छ ।

वेस्ट इन्डिज भने लगातार दुई खेल जितिसकेको छ । आज नेपालविरुद्ध जीत निकाल्न सके वेस्ट इन्डिज सुपर–८ मा पुग्नेछ ।

नेपाल हार्‍यो भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले बाँकी दुवै खेल जिते पनि अन्य खेलको नतिजामा भर पर्नुपर्ने अवस्था छ ।

यो खेल आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल र वेस्ट इन्डिज बिच हुँदैछ । खेल वानखेडे स्टेडियम मा आयोजना गरिएको हो ।

Untitled
Untitled
Untitled