२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आज बढ्यो सुनचाँदीको भाउ, प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको थियो । उक्त दिन एक तोला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।

Untitled
Untitled
Untitled