काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वाधिक विकेट लिने खेलाडी बनेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्।
उनले बिपीएल क्लब राजशाही वारियर्सबाट खेल्न लागेको क्लबले जनाएको छ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकको आधिकारीक साइटमार्फत वारियर्सले ‘हिमालयन म्याजिक’ लाइ अनुबन्धन गरेको जनाएको छ।
सन्दीपले विश्वभरका फ्रेन्चाइजहरुको अनुभव सँगालीसकेका छन्। तर, पछिल्लो समय उनी अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरुमा आवद्ध हुन सकिरहेका थिएन्। यस्तोमा उनी बिपीएलमा आवद्ध भएका हुन्।
सन्दीपले यसअघि नेपाल प्रिमियर लिगमा कप्तानी गरेको बिराटनगर किंग्स क्वालिफायर सम्म पुगेको थियो।
तर, क्वालिफायरका दुबै मौकामा हार भोग्न पुग्दा टिम (प्लेअफ) बाटै बाहिरिएको थियो।
उनले वारियरमा नेपाल प्रमियर लिगमा पोखराबाट प्रतिस्पर्धा गरेका जिम्मी निसमलाई सहकर्मीका रुपमा प्राप्त गर्ने छन्।
वारियरमा नजमुल होसेन सान्तोष लगायत बंगलादेशका सिनयर टोलीहरुको प्रतिनिधित्व गरेका खेलाडीहरुसँग प्रतिस्पर्धाको मौका पाउनेछन्।


































