२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले ११औँ महाधिवेशनमा आज केन्द्रीय समितिका उम्मेदवारी दर्ता, साँझ अन्तिम नामावली

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत आज केन्द्रीय समितिका उम्मेदवार छनोट प्रक्रिया अघि बढ्ने भएको छ ।

सोअनुसार उम्मेदवारहरूका लागि दरखास्त फाराम वितरण, उम्मेदवारी मनोनयन तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय गरिएको छ ।

पार्टी निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवार बन्न इच्छुकहरूले आज बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ । सोही समयदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ ।

निर्वाचन समितिका अनुसार केन्द्रीय समितिको निर्वाचन मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको ११ औँ महाधिवेशनको बन्दसत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।

Untitled
Untitled
Untitled