काठमाण्डू, अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।
डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
नेपालका लागि कुशल मल्लले २९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । लोकेश बमले १६ बलमा २४ रन जोडे ।
नेपालले चार खेल खेलेकोमा एक जीत र तीन हार व्यहोरेको छ ।
पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
तर, मंगलबार भएको चौथो खेलमा नेपालले होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको फराकिलो जीत हात पारेको थियो ।


































