२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

पूर्वराष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष दाहाललाई भेटेका कांगेस नेता डा. कोइराला पक्षका सांसदको भेला होटल याक एन्ड यतीमा जारी

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्।

काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्।

सरकारको तीव्र आलोचना गरिरहेका डा. शेखरले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्।

सांसद हृदयराम थानीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ, उनले भने।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका डा. शेखरले आज भने आफूनिकटसँग छलफल गरिरहेका छन्।

केही दिन अघि डा. शेखरले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डार िर माओवादी अध्यक्ष पुस्पकमल दाहालललाई भेटेका थिए ।

Untitled
Untitled
Untitled