२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

Untitled
Untitled
Untitled

पर्वत, पर्वतको मादी गाउँपालिका-३, देउरालीको लाङ्‌दीमा पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परी मोदी ३ का ७६ वर्षीया छविलाल विक र उनकी श्रीमती ७६ वर्षीया विष्णुमाया विकको शव भेटिएको हो ।

blog

गएरातिदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर विक दम्पती बेपत्ता भएका थिए ।

बेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी गर्दा पुरिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

Untitled
Untitled
Untitled