काठमाण्डू, सेयर बजारमा एकैदिन २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटेपनि कारोबार भने २१ लाख ४६ करोड रुपैयाँभन्दा बढी भएको हो ।
आज कारोबार शुरु भएको साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
आइतबार नेप्से ०.३२ अंकले घटेर २ हजार ८ सय ६७ दशमलव ७६ बिन्दूमा बन्द भएको हो । कारोबारमा आएका कम्पनीमध्ये १०५ को मूल्य बढ्यो भने १४४ को घटेको छ ।
आज ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले धेरै कमाएका छन् ।


































