२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपाल आइसीसी टी -२० विश्वकप महिला एसिया छनोटको सुपर थ्रीमा

Untitled
Untitled
Untitled

काठमाण्डू, आइसीसी टी -२० विश्वकप महिला एसिया छनोटमा हङकङ र बहराइनबीचको खेल वर्षाको खेल प्रभावित भएसँगै नेपाल सुपर थ्रीमा पुगेको छ ।

शुक्रबार भएको खेल वर्षाको कारण प्रभावित भएसँगै नेपालले सुपर थ्रीमा स्थान पक्का गरेको हो । नेपाल बढी जितको आधारमा सुपर ३ मा पुगेको हो ।

प्रतियोगिताको नियमका आधारमा समान अंक भएमा बढी जीत भएको टोली अघि बढ्ने छ । नेपालले २ खेलमा जीत हासिल गर्दा हङकङले भने मात्र १ खेलमा जीत हासिल गरेको थियो ।

छनोटमा समावेश भएका ९ टोलीलाई ३ समुहमा विभाजन गरिएको थियो । जसमध्ये हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् ।

सुपर थ्रीको शीर्ष २ मा रहेको टोलीले भने ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्नेछ ।

बिहीबार भएको खेलमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गर्दा नेपालको सुपर थ्री पुग्ने सम्भावना कायमै रहेको थियो ।

 

Untitled
Untitled
Untitled