२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

सेफ्स एसोसिएसन अफ नेपालको ३० औं बार्षिक उत्सव सम्पन्न

Untitled
Untitled
Untitled

काठमाण्डू, सेफ्स एसोसिएसन अफ नेपालले आफ्नो ३० औं बार्षिक उत्सव सम्पन्न गरेको छ ।

बिहीवार काठमाण्डूको चावहिलमा रहेको स्मार्ट पार्टी भेन्यूमा भएको कार्यक्रमको प्रमुख अतिथि होटल एसोसिएसनका अध्यक्ष विनायक शाहले पानसमा बत्ती वालेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाहले हस्पिटालिटी सम्बन्धी बढाइ बिद्यालय तहबाट गर्नु पर्ने बताए ।

स्वदेश तथा विदेशमा पनि राम्रो काम र दाम पनि हुने क्षेत्र हस्पिटालिटी नै भएकोले यस क्षेत्रमा गरेको लगानी खेर नजाने दावी गरे ।

अतिथि र सहभागीको स्वागतका लागि बिभिन्न किसिमका साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिलाई सेफ कोट लगाउन लगाएर सम्मान गरिएको थियो ।

नेपाली खानाका परिकारलाई स्वदेशी तथा विदेशी सबैलाई स्वाद चखाउन नेपाली सेफ्सहरुको भूमिका अतुलनीय भएको जिकिर गरे ।

कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष र विशिष्ट अतिथहरुले पनि एसोसिएसनको काम र नेपाली खाना विश्व समूदायलाई चिनाउन उल्लेख्य भूमिका रहेको बताएका थिए ।

एसोसिएसनका अध्यक्ष रेशमकुमार लामाले संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको बताए ।

यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र देशको पर्यटन तथा अर्थतन्त्र सुदृढ पार्न योगदान पुर्याउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।

अध्यक्ष लामाले आजको यस विशेष अवसरमा हामी सबैको साझा प्रयास र समर्पणले एसोसिएसनलेनयाँ उचाइ लिएको छ भन्दा गर्वले छाति उचो भएको महशुस भएको बताए ।

संस्थाले आगामी वर्षमा नयाँ कार्यक्रमहरूको आयोजना गरी सदस्यहरूको क्षमता विकास र समुदायको सशक्तीकरण गर्ने योजना बनाएको छ ।

अध्यक्ष लामाले भने, संस्थाको वित्तीय स्रोतलाई थप सुदृढ बनाउन विभिन्न पहलहरू भइरहेको पनि यसै साधारणसभा मार्फत जानकारी गराउन चाहन्छु ।

हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं ।

आगामी दिनमा एसोसिएसनलाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वाससमेत दिलाउन चाहन्छु ।

आज भन्दा तीस बर्ष अघि स्थापित संस्थाले नेपालका शेफहरूलाई एकजुट पार्दै पाककला क्षेत्रमा ज्ञान र सीपको आदानप्रदान गर्दैु, उद्योगको विकास र विविधीकरणमा योगदान पुर्याउँदै आएका छ ।

एसोसिएसन पाककला क्षेत्रमा एक सशक्त आवाजको रूपमा स्थापित भएको छ र नेपाली खानाको प्रचार र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

हाम्रो पेशा, हाम्रो सानु भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो ।

नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

 

Untitled
Untitled
Untitled