काठमाण्डू, किरण नेपाली र श्रेया राईको आवाज रहेकाको संदेशमूलक गीत भूलको बाटो”को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
अमेरिकामा बसेर समाजसेवि गर्दै आएका मेघ सुवेदी (स्याडो रियल) को शब्द रहेको गीतको म्यूजिक भिडियो बुधबार राजधानीमा सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजिएको छ ।
गीतमा कुबेर तामागंको निर्देशन रहेको छ भने मेग सुबेदी, संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्रीको अभिनय रहेको छ ।
टेकेन्द्र शाहले सम्पादन गरेको यो गीतमा रामशरण उप्रेतीले छायांकन गरेका छन ।
Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ ।


































