२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उपन्यासकार बुढाथोकीको याङरुपको परिचर्चा

Untitled
Untitled
Untitled

काठमाण्डू, उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा.शान्तिमाया गिरि, पवन आलोक, श्रीओम् श्रेष्ठ रोदन, केशव आचार्य, प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराँती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए ।

आख्यानकार माधव बिडारी चेतनपथले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी (भमरकोटे), बासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा. इन्दुल के.सी शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी, लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।

कार्यृक्रम काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा भएको थियो ।

Untitled
Untitled
Untitled