२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

बसिरको अहमदको ८० रनले पनि जिताउन सकेन नेपाललाई, कुवेतसित ३ रनले पराजित

Untitled
Untitled
Untitled

काठमाण्डू, हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ।

टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो। नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो।

कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।

नेपाललाई बसिर अहमद र नन्दन यादवले जीत नजिक पुर्‍याए पनि पर्याप्त भएन। बसिर र नन्दनले एक समय ९२ रनमा ८ विकेट गुमिसकेको अवस्थाबाट खेललाई उकासेका थिए।

बसिरले ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रन बनाए। नन्दनले १४ बलमा ३७ रनको आक्रामक पारी खेले पनि जितका लागि पर्याप्त भएन।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले कुवेतलाई निर्धारित २० ओभरमा १७४ रनमा रोकेको थियो।

उपाधिका लागि १७५ रनको लक्ष्य लिएर आएको नेपालका बसिर र नन्दनबाहेक कोही पनि ब्याटर चल्न सकेनन्।

ब्याटिङमा नेपालको सुरुवात नै खराब थियो। कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ७ रनमै पेभेलियन फर्किए।

विकेट झरिरहेको नेपाललाई बसिर र नन्दनले नै उपाधिनजिक पुर्‍याएका थिए। अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो।

तर, बसिर अहमद १९.३ ओभरमा आउट भएपछि नेपालले उपाधि कुवेतलाई सुम्पियो।

चार देश सम्मिलित यस प्रतियोगितामा नेपाल उपविजेता बन्यो। समूह चरणमा भने नेपालले कुवेतलाई हराएको थियो।

Untitled
Untitled
Untitled