२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ६ जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर९ऐनी०, सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

Untitled
Untitled
Untitled