२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

शशस्त्रका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, उप्रेती र कार्कीलाई न्याय

Untitled
Untitled
Untitled

काठमाण्डू, गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

समितिले एसएसपीहरु दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकामध्ये कँडेल प्रहरीबाट आएका हुन् भने अन्य ५ जना सशस्त्र प्रहरीको सिसं २ बेसिकका हुन् ।

सिफारिसमा परेका ६ जनामध्ये उप्रेती र कार्कीलाई यसअघि एसपी बढुवामा चरम अन्याय भएको थियो । कँडेलबाहेक सबै जना सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।

Untitled
Untitled
Untitled