पाख्रीबास, र्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ ।
निर्माणाधीन सडकमा शुक्रबारदेखि माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक अवरुद्ध भएको बताए । ।
उनका अनुसार जेसीविको सहायताले सडक खुलाउने काम भई रहेको छ । उनले भने, “सडक खुलाउन प्रहरी टोलीसमेत खटाइएको छ, पहिरोको अवस्था अनुसार आज पनि सडक सञ्चालनमा आउँने सम्भावना कम रहेको छ ।
जसका कारण पाँचथरको रविदेखी सञ्चालन हुने लामो तथा छोटा दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् ।”
निर्माणधीन सडकको कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएपछि सो स्थानको करिब एक सय मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको जनाइएको साँगुरीगढी गाउँपाकिला अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
सडक खुलाउँन लागि परिरहेको तर, सुख्खा पहिरो झरी रहने भएकाले थप समस्या आएको उनले बताए ।
सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र साथै पाँचथर जिल्लाको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।
भेडेटारबाट करिब २.५ किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा पहिरो हटाउन प्रयास भई रहेतापनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको पाइएको छ ।
अध्यक्ष राईले भने, “यात्रुलाई सुरक्षित र वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गररिहेका छौँ ।
वैकल्पिक सडकमार्ग अन्तरगत डाँडा बजार/बुढीमोरङ–मुलघाट साथै राजारानी(केराबारी मार्ग हुँदै यात्रा यात्रुलाई आग्रह गरिएको छ ।
सडक खुलाउन भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेक, स्थानीय र गाउँपालिकाले प्रयास गरिरहेको छ ।”


































