२०८२ कात्तिक १४ शुक्रवार | Friday, Oct 31 2025

Untitled

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकमा गुड्न थाले गाडी

Untitled
Untitled
Untitled

चितवन, सडकमा ढुंगा खस्न छाडेपछि मुग्लिन–नारायणगढ सडकमा गाडी गुड्न थालेका छन्।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिकै पहरोबाट ढुंगाहरू झर्दा शुक्रबार बिहानदेखि यो सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो।

ढुंगाहरू झर्ने क्रम रोकिएकोले अहिले सडकमा यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

अहिले मेसिनको सहायताले पहिरो हटाउने काम शुरु भएको छ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा आग्रह गरिएको सडक डिभिजन कार्यालय भतरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले बताए।

Untitled
Untitled
Untitled