२०८२ कात्तिक १४ शुक्रवार | Friday, Oct 31 2025

Untitled

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Untitled
Untitled
Untitled

चितवन, नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो ।

बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सञ्चालन गर्न आफूहरू लागिपरेको उनले बताए ।

Untitled
Untitled
Untitled