२०८२ कात्तिक १४ शुक्रवार | Friday, Oct 31 2025

Untitled

जापान सरकारद्वारा सिन्धुली सडक पुनस्निर्माणका लागि २.६ अर्ब अनुदान सहयोग गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, जापान सरकारले बाढीबाट प्रभावित सिन्धुली सडकको आपतकालीन पुनस्निर्माणका लागि २.८ अर्ब येन (करिब २.६ अर्ब नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ।

यस अनुदानको लागि सम्झौता तथा नोट साटासाट समारोहमा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा जापानका राजदूत माएडा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सिन्धुली सडक करिब १६० किलोमिटर लामो सडक हो, जसले मध्यम र पूर्वी तराईलाई काठमाडौँसँग जोड्दछ।

यस सडकको निर्माणमा १९९५ देखि २०१५ सम्म जापानी अनुदान सहयोग (२५.८ अर्ब येन) प्रदान गरिएको थियो।

तर, सेप्टेम्बर २०२४ मा लगातार परेको भारी वर्षापछि सडक १० किलोमिटरभन्दा बढी भागमा बाढीले क्षति पुर्‍यायो।

यसले स्थानीय अर्थतन्त्र, जनजीवन, व्यापार तथा यातायातमा गम्भीर असर पुर्‍याएको छ।

जापान सरकारले यस सडकको पुनर्निर्माण र सुधारमा सहयोग प्रदान गर्दै नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न चाहेको जनाएको छ।

यस सडकले भविष्यमा पनि नेपालको प्रमुख यातायात मार्गको रूपमा काम गर्नेछ र जापान-नेपाल मित्रतालाई प्रतिनिधित्व गर्ने प्रतीक बन्ने विश्वास गरिएको छ।

Untitled
Untitled
Untitled