२०८२ कात्तिक ८ शनिवार | Saturday, Oct 25 2025

Untitled

दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Untitled
Untitled
Untitled

दार्चुला, मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।

जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

जीप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

Untitled
Untitled
Untitled