२०८२ असोज २८ मंगलवार | Tuesday, Oct 14 2025

Untitled

पानीमा डुबेर बेपत्ता भएका तीन जनाको शव फेला

Untitled
Untitled
Untitled

रौतहट, रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ ।

सोही जिल्लाको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए ।

सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको हो ।

उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन् ।

Untitled
Untitled
Untitled