२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

महिला एसीया कप टी–२० प्रतियागितामा नेपालको सेमिफाइनल पुग्न जित्नैपर्ने दवावमा नेपाल, आज उपाधि दावेदार भारतसँग भिड्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भयो ।

पहिलो खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गर्‍यो । उक्त खेलमा सम्झना खड्काले ४५ बलमा अविजित ७२ रनको इनिङ खेलिन् ।

दोस्रो खेलमा पाकिस्तानविरुद्ध भने उनले ५ बलमा एक चौकासहित ४ रन मात्र बनाइन् ।

पाकिस्तानविरुद्धको खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो ।

नेपालका लागि कविता जोशीले २३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

बलिङमा नेपालका लागि कविता जोशीले मात्र एक विकेट लिन सकिन् । नेपाल अहिले दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

डिफेन्डिङ च्याम्पियन भारत भने एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

उसले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले तथा दोस्रो म्याचमा यूएईलाई ७८ रनले हराएको थियो ।

एसिया कपमा हालसम्म नेपाल र भारतले एक खेलमा एकअर्काको सामना गरेका छन् ।

यी दुई टिमबीचको पहिलो भेट सन् २०१६ को एसिया कपको भएको थियो, उक्त खेलमा भारतले दिएको १२१ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल २१ रनमै अलआउट भयो ।

र, नेपालले ९९ रनको हार बेहोर्यो । नेपाली टिम मंगलबार उक्त ८ वर्षअघिको फराकिलो हारमा केही सुधार गर्ने योजनामा छ ।

नेपाल भारतविरुद्ध जितका लागि भन्दा पनि राम्रो प्रदर्शन गर्ने कोशिष गर्नेछ । ८ संस्करण सकिँदा हालसम्म भारतले सर्वाधिक सातपटक एसिया कपको उपाधि जितेको छ ।

ऊ सबै संस्करणको फाइनलमा पुगेको छ । हाल भारत आइसीसी टी–२० वरीयतामा तेस्रो र नेपाल २१औँ स्थानमा छ ।

भारतविरुद्ध नेपालले प्लेइङ–११ दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

अन्तिम खेलमा नेपालले कृतिका मरासिनी र विन्दू रावलको स्थानमा डली भट्ट र राजमति ऐरीलाई मौका दिने सम्भावना रहेको हो ।

यदि भारतविरुद्ध अवसर पाएमा राजमतिको यो डेब्यू खेल हुनेछ ।

Untitled
Untitled
Untitled