२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतमा जारी आईपीएल क्रिकेटको फाइनलमा कोलकाता र हैदराबाद आमनेसामने हुँदै

Untitled
Untitled
Untitled

एजेन्सी, इन्डियन प्रिमियर लिग ( आईपीएल ) क्रिकेटको फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद आमने सामने हुदैछन् ।

उपाधिका लागि यी दुई टोली बेलुका पौने ८ बजे मैदान उत्रने छन् । आईपीएलको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा हुँदैछ ।

हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो भने हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा आइपुगेको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

Untitled
Untitled
Untitled