२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आईपीएलमा सूर्यकुमारको शतकमा मुम्बईको सानदार जीत, हैदराबादलाई प्लेअफ पुग्न बढ्यो दबाब

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग ( आईपीएल ) मा मुम्बई इण्डियन्सले चौथो जीत निकालेको छ ।

मुम्बईले चौथो जीत निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।

आफ्नो १२औँ खेलमा हैदराबादले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले १७।२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि सूर्यकुमार यादवले शतकीय इनिङ खेले । ५१ बलको सामना गरेका यादवले १२ चौका र ६ छक्कासहित अविजित १०२ रनको इनिङ खेलेका हुन् । आइपीएलमा उनको यो दोस्रो शतक हो ।

यस्तै, तिलक वर्माले अविजित ३७, इशान किशनले ९ र रोहित शर्माले ४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यान्सन र प्याट कमिन्सले एकरएक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

उसका लागि ट्रभिस हेडले ४८, कप्तान प्याट कमिन्सले अविजित ३५, नितिशकुमार रेड्डीले २०, मार्को यान्सनले १७, अभिषेक शर्माले ११ र शाहबाज अहमदले १० रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्ड्या र पियुष चावलाले तीनरतीन, जसप्रित बुहराह तथा अंशुल कम्बोजले एकरएक विकेट लिए । यो जीतपछि मुम्बई नवौँ स्थानमा उक्लिएको छ ।

प्लेअफमा स्थान बनाउन उसको झिनो आशा बाँकी नै छ । मुम्बईले प्लेअफमा स्थान बनाउने हो भने अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ ।

तर, मुम्बई १२ अंकका साथ प्लेअफमा पुग्ने सम्भावना निकै न्यून छ ।

मुम्बईसँगको हारले हैदराबादलाई दबाबमा बढेको छ । अहिले ऊ ११ खेलबाट १२ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

हैदराबादले अब तीन खेल खेल्न बाँकी छ । आइपीएलमा मंगलबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

Untitled
Untitled
Untitled