२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

नेपाल र पपुवा न्यूगिनिको खेल आज

Untitled
Untitled
Untitled

काठमाडौं, आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिदेशीय शृङ्खला आज विहीबारदेखि सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ । खेल विहान साढे ९ बजेपछि त्रिवी क्रिकेट मैदान कीर्तीपुरमा सुरु हुँदैछ ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । तर, यसै हप्ता यूएईमा भएको शृङ्खलामा भने दुवै खेलमा नेपालले हराएको छ ।

यस खेलमा भने नेपाललाई जीत अति आवश्यक रहेको छ । पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

 

Untitled
Untitled
Untitled