२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

महिला टी(२० च्यालेन्ज ट्रफी: लगातार तेस्रो जितको खोजीमा भानुआटासँग भिड्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आज (शुक्रबार) नेपाल र भानुआटा भिड्दै छन्।

रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल बीमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ।

नेपाली टोली लगातार तेस्रो जितको खोजीमा मैदान उत्रँदै छ। नेपाली टोलीले यसअघि रुवान्डालाई दुई विकेटले हराएको थियो।

दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको नेपाली टोली पहिलो खेलमा भने अमेरिकासँग ४४ रनको हार बेहोरेको थियो।

भानुआटा भने पहिलो जितको खोजीमा मैदान उत्रँदै छ। २ खेलमा जीत र एक खेलमा हार भोगेको नेपाल ४ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

अमेरिका २ खेलमा जीत र एक खेलमा हार भोगेको अमेरिका ४ अंकमा शीर्ष स्थानमा छ। दुई खेलमा जीत र २ खेलमा हार भोगेको घरेलु टोली रुवान्डा पनि २ अंकमा दोस्रो स्थानमा छ।

समान ४ अंक भएको इटाली चौथो र जितविहीन भानुआटा पुछारमा छ।

Untitled
Untitled
Untitled