२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टी–२० आई सिरिजः आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ ।

सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ ।

टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो ।

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन् ।

Untitled
Untitled
Untitled