२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

डिकको शतक छाँयामा पार्दै मुम्बईमाथि पञ्जाबको प्रभावशाली जीत

Untitled
Untitled
Untitled

एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आफ्नो रवाफ कायम राखेको हो।

वांखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रनको उच्च स्कोर बनाएको थियो।

उसका लागि ओपनर क्विन्टन डिककले ६० बलमा ८ चौका र ७ छक्काको सहयोगमा १ सय १२ रनको शानदार शतकीय इनिङ खेलेका थिए।

त्यस्तै नमन धिरले ५० रनको अर्धतकीय इनिङ खेलेपनि टिमलाइ जीत दिलाउन पर्याप्त बनेन्। १ सय ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले उक्त लक्ष्य २१ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो।

पञ्जाबको जितमा प्रभसिम्रन सिंहले ३९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८० रनको अविजित इनिङ खेल्दा कप्तान श्रेयस अय्यरले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकीय इनिङ खेले।

जारी प्रतियवगितामा पञ्जाब ५ खेलबाट ४ जित र एक नतिजा विहिन खेलबाट ९ अंक बनाएर अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ।

त्यस्तै बेंगलोरु र राजस्थान समान खेलबाट ८ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Untitled
Untitled
Untitled