एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपीएल) मा पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जीत निकालेको छ।
शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले चेन्नइलाई ५ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।
उसका लागि ऋतुराज गाइकवाडले २८ रन बनाउँदा आयुश महात्रीले ७३ रन बनाएका थिए। त्यस्तै शिवं दुवेले ४५ रन बनाउँदा सर्फराज खानले ३२ रन बनाएका थिए।
जवाफमा २ सय १० रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो। उसका लागि कप्तान श्रेयस अय्यरले ५० रनको अर्धशतकीय इनिङ खेल्दा प्रियन्स अर्याले ३९ रन बनाए।
त्यस्तै प्रभसिम्रन सिंहले ४३ रन बनाए। त्यस्तै कोपर कोनोलीले ३६ रन बनाएका थिए।
टिमको जितमा शसांक सिंहले १४ रनको अविजित इनिङ खेलेका थिए। प्रतियोगितामा आज दुई खेल हुँदै छन्।
दिउँसो ३स्४५ मा शुरु हुने खेलमा दिल्ली र मुम्बई भिड्दा राती ७:४५ मा गुजरात र राजस्थान भिड्नेछन्।

































