२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टी-२०-विश्वकपमा इंग्ल्यान्डको जितले पाकिस्तानलाई मौका

Untitled
Untitled
Untitled

एजेन्सी, आइसीसी टी-२० विश्वकपमा अन्तर्गत सुपर–८ चरणअन्तर्गत नवौँ खेलमा इंगल्यान्डले न्यूजील्यान्डलाई ४ विकेटले पराजित गरेको छ।

यसअघिनै सेमिफाइनल पुगिसकेको इंग्ल्यान्डको जितले पाकिस्तानको सेमिफाइनल सम्भावना कायम राख्यो।

शुक्रबार कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा टस जितेर न्यूजील्यान्डले पहिले ब्याटिङ रोजेको थियो।

निर्धारित २० ओभरमा किवी टोलीले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो।

जवाफमा १६० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.३ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

इंग्ल्यान्डका विल ज्याक्स ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले १८ बलमा अविजित ३२ रनको महत्वपूर्ण पारी खेले।

यस नतिजाले पाकिस्तानको सेमिफाइनल यात्राको ढोका खुलै राखेको छ।

अब पाकिस्तानले आज श्रीलंकाविरुद्ध आफ्नो अन्तिम सुपर–८ खेल खेल्दै छ।

अन्तिम चारमा स्थान बनाउन पाकिस्तानले श्रीलंकालाई कम्तीमा ६४ रनले हराउनुपर्ने छ वा १३.१ ओभरभित्रै लक्ष्य पूरा गर्नुपर्ने छ।

Untitled
Untitled
Untitled