२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टी-२० विश्वकप इतिहासकै दोस्रो उच्च स्कोर पछ्याएको जिम्बाब्बे १४७ रनमा अलआउट

Untitled
Untitled
Untitled

एजेन्सी, आईसीसी पुरूष टी-२० विश्वकपमा वेस्ट इन्डिजले जिम्बाब्बेलाई हराएको छ ।

भारतको वानखेडे स्टेडियममा सोमबार भएको खेलमा वेस्ट इन्डिजले जिम्बाब्बेलाई १०७ रनले हराएको हो ।

वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्बे १७.४ ओभरमा अलआउट हुँदै १४७ रनमा रोकियो ।

जिम्बाब्बेका लागि ब्राड इभान्सले ४३, डियोन मायर्सले २८, कप्तान सिकन्दर राजाले २७ तथा तदिवानाशे मारुमानी र टोनी मुनयोंगाले १४/१४ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजका लागि गुडाकेश मोटीले चार विकेट लिए । अकिल होसेनले ३ विकेट लिँदा म्याथ्यु फोर्डले दुई र ज्यासन होल्डरको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पूरा ओभर खेलेर ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो ।

यो जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको उच्च स्कोर हो भने विश्वकप इतिहासको दोस्रो उच्च स्कोर हो ।

सन् २००७ मा श्रीलंकाले केन्याविरूद्ध २६० रन बनाएको थियो, जुन टी-२० विश्वकपको इतिहासमा कुनै टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले विस्फोटक ब्याटिङ गरे । उनले २५० को स्ट्राइक रेटमा ३४ बलमा ७ चौका र ७ छक्कासहित ८५ रन जोडे ।

रोभम्यान पावेलले पनि अर्धशतक पारी खेले । उनले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । ओपनरद्वय ब्रान्डन किङ र शाई होपले क्रमशस् ९ र १४ रन जोडे ।

शेर्फेन रदरफोर्डले २७ रन बनाए ।

जिम्बाब्बेका लागि रिचर्ड न्गाराभा र मुजराबानी ब्लेसिङले दुई(दुई तथा ब्राड इभान्स र ग्रीम क्रेमरले एक/एक विकेट लिए ।

Untitled
Untitled
Untitled