एजेन्सी, भारतले यू-१९ विश्वकपको उपाधि छैटौं पटक जितेको छ। भारतले हरारे स्पोर्ट्स क्लबमा शुक्रबार राति सम्पन्न फाइनलमा इंगल्यान्डलाई १०० रनले पराजित गर्दे उपाधि जितेको हो।
भारतले वर्षपछि यो उपाधि जितेको हो। टिमले पछिल्लो उपाधि २०२२ मा जितेको थियो। २०२४ को सिजनमा भारतीय टिमले फाइनलमा अस्ट्रेलियालाई हराएको थियो।
यो जितसँगै भारतले लगातार चौंथो पटक आइसीसी उपाधि हात पार्न समेत सफल भयो। भारतले यसअघि महिला एकदिवसीय विश्वकप, च्याम्पियन्स ट्रफी र २०२ को टी-२० विश्वकप जितेको थियो।
यू-१९ टोलीले सर्वाधिक धेरै अर्थात ६ पटक उपाधि जित्यो। भारतपछि अस्ट्रेलियाले १९८८, २००२,२०१० र २०२४ गरी ४ पटक उपाधि जितेको छ।
भारतले भने २०००, २००८, २०१२, २०१८ र २०२२ मा उपाधि जितेको थियो।
भारतको जितमा वैभव सूर्यवंशीले सर्वाधिक १७५ रनको शतकीय इनिङ खेले। उनी बाहेक कप्तान आयुस महत्रेले ५३ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
सूर्यवंशीको उत्कृष्ट प्रदर्शनमा भारतले इंग्ल्यान्डलाई ४ सय १२ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा इंग्ल्यान्ड ४०.२ ओभरमा ३ सय ११ रनमा समेटियो।
इंगल्यान्डका लागि कलेब फलकर्नरले १ सय १५ रनको शतकीय यनिङ खेल्दा ओपनर बेन डकिन्सले ६६ रनको अर्धशतकीय इनिङ खेले।
तर, टिमको फराकिलो हार टार्न पर्याप्त रहेन। भारतका लागि आरएस अम्ब्रिसले ३ विकेट लिएका थिए।


































