२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

महिला टी–२० विश्वकप छनोट खेल्ने २७ सदस्यीय टोली घोषणा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न २७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

टोली भोलिदेखि नै मूलपानीस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी पनि हुनेछ ।

टोलीमा इन्दू बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो र कविता महतो छन् ।

यसैगरी टोलीमा कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दू रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिमना केसी, अनु कठायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिता कर्माचार्य र ममता चौधरी छन् ।

Untitled
Untitled
Untitled