२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४४ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल प्रिमियर लिग ९एनपिएल०मा अपराजित टोली सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राख्न लुम्बिनीबाट १ सय ४४ रनको लक्ष्य प्राप्त गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ‘डेथ ओभर’ लगातार विकेट गुमाउन पुग्दा सामान्य स्कोरमा खुम्चियो।

लुम्बिनी १९.४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भयो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए।

त्यस्तै ड्’यार्सी सर्टले १८ रन बनाउँदा सुमित महर्जनले १८ रन बनाएका थिए। त्यस्तै, थप दोहोरव स्कोरका रुपमा गुल्बादिन नाइबको ११ रन रह्यो।

सुरुवाती ५ नम्बरसम्मका ब्याटरले मात्र दोहोरो रनको स्कोर बनाउँदा पछिल्लो क्रम भने लगातार विकेट गुमाउन पुगेको थियो।

उसले अन्तिम ३९ रन जोड्दा आफ्ना ८ ब्याटर गुमाउन पुगेको थियो। अर्थात अन्तिम ५ ओभरमा टिम ‘कोल्याप्स’ भएको थियो।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहरा र हर्मित सिंहले समान ३/३ विकेट लिँदा हेमन्त धामीले २ तथा स्कट कुग्लिङ्गले १ विकेट लिए।

Untitled
Untitled
Untitled