२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पाकिस्तानलाई हराउँदै नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा

Untitled
Untitled
Untitled

काठमाण्डू, पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुगेको छ।

शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अब नेपालले विश्वकपको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतले अस्ट्रेलियालाई हराएर फाइनलमा स्थान बनाएको हो।

पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि बिनिता पुनले ४६ रन बनाउँदा मनकेशरी चौधरीले १७ रन तथा सुष्मा तामाङले ३६ रनको अविजित इनिङ्स खेलेकी थिइन्।

नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो।

त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो।

सेमिफाइनलमा पनि नेपालले आफ्नो सोही लयलाई कायम राख्यो। सरिता घिमिरेले १९ रनको अविजित इनिङ्स खेलेकी थिइन्।

Untitled
Untitled
Untitled