२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

नेपाल ए ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दै

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली ए क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुनेछ । ट्वान्टी–२० र एकदिवसीय श्रृंखलाका लागि आयरल्याण्ड टोली नेपाल भ्रमणमा छ ।

यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी–२० श्रृंखला आयरल्याण्ड उल्भ्सले २–१ ले जितेको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ए घरेलु समर्थकमाझ श्रृंखलामा सुखद सुरुआतको लक्ष्यसहित मैदान उत्रने छ ।

श्रृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ । नेपाल ए सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

दुवै खेलमा उल्भ्स पराजित भएको थियो ।

Untitled
Untitled
Untitled