२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

Untitled
Untitled
Untitled

काठमाडौं, त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् ।

दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुनेछ ।

नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल आइतबार वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो ।

यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो ।

सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

Untitled
Untitled
Untitled