काठमाडौं, दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दै छ ।
नेपालले आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा हुनेछ ।
नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । यसअघि सुपर सिक्स चरणको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
भारत भने अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । नेपाल पनि अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।


































