२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

काठमाडौ, आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो । यूएईका लागि आशिफ खान १०१ रनमा अविजित रहे ।

यसैगरी, भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन जोडे । यसैगरी, रिजवानले ७ र आर्यन लाक्राले ६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लगि दीपेन्द्रसिंह ऐरीले २, सन्दिप लामिछाने, सोपमाल कामी र ललित राजवंशीले समान १/१ विकेट लिए । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।