२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

यू–१९ विश्वकपको छनोटका लागि युएईमा नेपाल र सिंगापुर भिड्दै

Untitled
Untitled
Untitled

काठमाडौं, यू–१९ विश्वकपको एशिया छनोटका लागि आज युएईमा नेपाल र सिंगापुर भिड्दैछन्।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो। टोली युएई पुगिसकेको छ।

दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात् १३ फागुनमा कुवेतसँग हुनेछ। कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फेब्रुअरी अर्थात् १५ फागुनमा हङकङसँग खेल्नेछ।

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात् १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ। युएई र नेपाल प्रमुख दाबेदार टोली हुन्।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन्।

Untitled
Untitled
Untitled