२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

साफ यू–२० च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाडौँ, साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल पहिलो जीत निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जीत निकाल्ने योजनमा छ ।

भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Untitled
Untitled
Untitled