२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

कासिमिरोले रेड कार्ड पाएको खेलमा युनाइटेड २–१ ले विजयी

Untitled
Untitled
Untitled

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ ।

गएराति सम्पन्न खेलमा युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस र मार्कुस राशफोर्ड एक/एक गोल गरे ।

क्रिस्टलका जेफ्री स्लुपले गोल फर्काए । सातौं मिनेटमा फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।

६२ औं मिनेटमा राशफोर्डको गोलले युनाइटेडले अग्रता दोब्बर बनायो ।

खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो ।

ह्युगले प्रहार गर्ने क्रममा अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै कासिमिरोलाई रेडकार्ड दिएका थिए ।

खेलको ७६ औं मिनेटमा क्रिस्टलका स्लुपले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन ।

यो जितसँगै युनाइटेडले २१ खेलबाट ४२ अंक जोडेको छ । ऊ तेस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत नै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० तथा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले हराए ।

ब्राइटनले बर्नेमाउथविरुद्ध १–० जीत निकाल्यो ।

Untitled
Untitled
Untitled