२०८३ असार ७ आइतवार | Sunday, Jun 21 2026

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक आज पनि जारी

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आज पनि जारी छ। शनिबार राजधानीमा सुरु बैठक आज बिहान ८ बजे पुनः सुरु गरिएको हो।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न रोकिएको बैठकलाई आज बिहानदेखि पुनः निरन्तरता दिइएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो।

उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी छन्।

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दस समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिइन्।

उनका अनुसार सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने बताइएको छ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्ंमा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ।

रासस

Untitled
Untitled
Untitled