२०८२ कात्तिक ८ शनिवार | Saturday, Oct 25 2025

Untitled

खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने सर्वोच्चले गरेको निर्णय विरुद्ध काठमाडौँमा प्रदर्शन

Untitled
Untitled
Untitled

काठमाण्डू, खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो ।

पीडितहरूले जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गरु जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।

Untitled
Untitled
Untitled