२०८२ कात्तिक ८ शनिवार | Saturday, Oct 25 2025

Untitled

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।

विष्टले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । यसअघि अध्यक्ष विपुल पोखरेलले पनि पदबाट राजीनामा दिएका थिए । यसपछि विष्टले कार्यवाहक उपाध्यक्षको पदभार सम्हालेका थिए ।

तर, विष्टले पनि विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । उनले दलका भातृसङ्गठनले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

“पत्रकार महासङ्घलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाइ आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्त्वहरूले पनि महासङ्घको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो,” विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सहजै निर्वाचन हुने परिस्थितिमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन् ।”

विष्ट कार्यवाहक उपाध्यक्ष भएपछि सुरुमा असोज ५ गते अर्थात् भोलिका लागि महासङ्घको निर्वाचनको मिति तोकिएको थियो ।

पछि स्थगित गरेर पुनस् १२ गतेका लागि भनिएको थियो तर, त्यो पनि स्थगित भयो । यसपछि विष्टले राजीनामा दिएका हुन् ।

त्यसअघि पोखरेलले पनि तीनपटकसम्म स्थगित गरेका थिए ।

Untitled
Untitled
Untitled