२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने, महाधिवेशन वैशाखमा

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा १५ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यो जानकारी दिएका हुन् ।

“भेलामा १५ सय जना प्रतिनिधिहरू सहभागी हुनुहुन्छ,” उनले भने । उनका अनुसार रास्वपाले २ हजारभन्दा बढी वडामा सङ्गठन विस्तार गरिसकेको छ ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले महाधिवेशनको तयारी व्यापक रूपमा गरिरहेको बताए । भेलामा राजनीतिक तथा साङ्गठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरूले पनि प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै महाधिवेशन भने २०८२ को वैशाखमा गर्नेबारे पार्टीमा छलफल भइरहेको उनले बताए । रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ ।

Untitled
Untitled
Untitled